बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ ।
चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।
यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रहरी कार्यालय छिरेका थिए । उनले आफूमाथि लागेकाे आराेपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted







