युक्रेन सरकारले रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न उर्दी गर्दै सर्वसाधारणलाइ विभन्न निर्देशन जारी गरेको छ ।
युक्रेनी सेनाले नागरिक प्रतिरोध आन्दोलनमा सर्वसाधारणका लागि निर्देशन जारी गरेको हो । ‘तपाईसँग हतियार वा गोलाबारुद छ वा छैन भन्ने फरक पर्दैन, लडाईका सबै सम्भावित उपाय र माध्यमहरू प्रयोग गर्नुहोस्,’ निर्देशनमा भनिएको छ । यी हुन सरकारले जारी गरेको निर्देशनः
– सडक चिन्हरु हटाउनू
–रुसी सेनाको गतिविधि असम्भव पार्न रुख ढाल्नु
–घरमा निर्मित आगजनी उपकरणहरू प्रयोग गर्नु
–प्रमुख यातायात केन्द्रहरू भत्काउनुहोस
–रात वा गोधुलीमा बढी सक्रीय हुनु ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पस्यो रुसी सेना : रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको छ । सेना खार्किभ छिरेपछि स्थानीयलाई घरभित्रै बस्न भनिएको छ । यसअघि रुसी सैन्य गाडी खार्किभको सडकमा गुडेका भिडियो सार्वजनिक भएका थिए ।
खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले रुसी सैन्य हतियारसहित छिरेको बताए । ‘आफ्नो वासस्थान नछोड्नुहोस् । युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन्,’ उनले भनेका छन् ।
राजधानी किभ ढाल्ने प्रयास बिफल भएपछि रुसी फौज खार्किभ प्रवेश गरेका हुन् । आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा रुसी सेना पूर्वीयुक्रेनमा रहेको खार्किभतर्फ बढिरहेको देखिन्छ । एउटा नाटकीय क्लिपमा रुसी सेना बिस्तारै सडकमा अगाडि बढ्दै गोली हानेको देख्न सकिन्छ ।
अनलाइनमा सेयर गरिएको अर्को भिडियो क्लिपमा रुसी फौजको भनिएको एउटा गाडीमा आगो लागेको देख्न देखिन्छ । आफ्नो सहर रक्षा गर्न चाहने युक्रेनले गाडीमा आगो लगाएको स्थानीयले जनाएका छन् ।