बडादसैँको अवसरमा सर्वसाधारणलाई नयाँ तथा सुकिला नोट सटही र वितरणको सुविधा आजदेखि उपलब्ध भएको छ।
नबिल बैंक लिमिटेडले यस वर्षको दसैँका लागि असोज २७ गतेदेखि यो सेवा सुरु गरेको हो। बैंकले असोज २९ गतेसम्म काठमाडौं उपत्यकाका पाँच प्रमुख शाखाबाट यो सुविधा प्रदान गर्नेछ। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम, वाणिज्य बैंकहरू मार्फत सानो दरका नयाँ तथा सुकिला नोट वितरणको व्यवस्था मिलाइएको हो। यस अन्तर्गत, नबिल बैंकले कान्तिपथ, बल्खु र बनस्थली (काठमाडौं), च्यासल (ललितपुर) तथा दुवाकोट (भक्तपुर) का शाखाबाट नोट सटहीको प्रबन्ध गरेको छ।
ग्राहकहरूले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र यो सुविधाको लाभ लिन सक्नेछन्। यस व्यवस्थाले दसैँको किनमेल र दक्षिणाका लागि आवश्यक नयाँ नोट सहज रूपमा प्राप्त गर्न सर्वसाधारणलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted














