×
Lagani
Lagani Shiksha gif
२१.५१ अंकले घट्यो शेयर बजार ,न्यादी हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमा सकारात्मक सर्किट



साताको दोस्रो दिन सोमबार बजार मापक परिसुचक करिव २२ अंकले घटेको छ ।

यस दिन नेप्से सूचक २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा पुगेको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीको मूल्यमा सकारात्क सर्किट लागेको छ । २२८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५५ कम्पनीहरको शेयर मूल्य बढेको छ भने न्यादी जलविद्युत कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ ।

Lagani Shiksha gif

त्यस्तै १२७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ साथै ६ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । १३ मध्ये २ समूहका सूचक हरियो भएको छ । होटेल तथा पर्यटन समूह सबैभन्दा बढीले घटेको छ ।

Screenshot 2021 11 29 154138 २१.५१ अंकले घट्यो शेयर बजार ,न्यादी हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमा सकारात्मक सर्किट

आज पनि महालक्ष्मी विकास बैंकको नै लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज बैंकको ६१ करोड ४ लाख ७५ हजार ३ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ । हिजो आइतबार पनि महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको थियो । यसैगरी, दोस्रोमा नेसनल हाइड्रोपावर र तेस्रोमा आइसीएफसी फाइनान्स परेका छन् ।

सोमबार न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ भने आइसिएफसि फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । न्यादी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. २८२ दशमलव ३ मा शुरु भएको थियो भने सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ३१०.५० पुगेको छ।  आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिसत आर्थत २८.२० अंकले बढेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस