×
Lagani
Lagani Shiksha gif
पेट्रोलियम पदार्थको मूल्य बढ्यो



भरतपुर – नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।  पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले भाउ बढाएको हो । पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५० रुपैयाँ, दोस्रोलाई १६९ पैसा र तेस्रो वर्गलाई १७० रुपैयाँ पर्न जानेछ ।

Lagani Shiksha gif
sharehubapk पेट्रोलियम पदार्थको मूल्य बढ्यो

त्यसैगरी, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पहिलो वर्गलाई १५५.५० रुपैयाँ, दोस्रोलाई १५७ रुपैयाँ र तेस्रोलाई १५८ रुपैयाँ पर्न जान्छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने १५ रुपैयाँले बढेको १९१० रुपैयाँ कायम भएको छ ।

disel petrol price.jpg पेट्रोलियम पदार्थको मूल्य बढ्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Ram sharan Baniya
Guest
Ram sharan Baniya
February 1, 2024 9:42 am


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस