×
नेप्सेमा ३ पटक सर्किट लागेर १११ अंकले बढेपछि रोकियो कारोबार ।



चालु साताको पहिलो कारोबार दिन आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार समयअगावै बन्द भएको छ ।

आइतार नेप्से परिचसूचक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द गरिएको हो ।  बजार खुलेको ५ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो। २० मिनेटपश्चात खुलेको बजार पुन २ मिनेटमा नै अर्को एक प्रतिशत बढेपछि फेरि बजार ४० मिनेटको लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजार २ मिनेटमा नै पुनः अर्को एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आइतबारको लागि सेयर कारोबार बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको छ। यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति सार्वजनिक गरेपछि यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस