SMHL 435.6 1.6 LICN 1319.9 7 KKHC 222.3 -0.7 CGH 788 1 SHL 437 -7.1 SMH 700 14.1 ENL 831.9 17 BFC 387.5 -3.5 GMFBS 1355 101 UHEWA 390 -11 HIDCLP 97.3 -1.7 NGPL 301.5 -1.5 JBLB 1475 95 JFL 512 -4 NYADI 282.9 -2.1 HLI 392 -3.1 UPPER 165.4 -0.6 SRLI 434.1 -5.9 DLBS 1300 80 ALBSL 903 23 HATHY 839.8 4.8 TSHL 501 1 CHDC 799.9 60.9 PPCL 234 -1 SBL 228 -0.8 KSBBL 372.5 -5.5 MCHL 368 -5 HIDCL 164 -1.4 HEIP 355 9 NWCL 713.2 -6.9 SBLD83 1040.1 -2.9 CBLD88 1040 -19 SSHL 161.1 -2.7 NMB50 9.16 -0.39 RURU 558.9 2.8 GLH 204 -1 BARUN 230 -1.9 SNLI 457.6 -6.4 ACLBSL 940 40 MKLB 1150 50
×
असार १९ देखि आईपीओ निष्कासन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर।



मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा असार १९ देखि आईपीओ निष्कासन गर्ने भएको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ८ लाख कित्ता  र देशिक रोजगारीमा रहेका नेपालीमा २ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो।

स्थानीयको लागि निस्कासन गरिएको शेयरमा  दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यो आईपियोमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्ने छ भने स्थानीयहरूले अधिकतम १ लाख  र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने छन्।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड छ । स्थानीय बासिन्दाले विक्री प्रबन्धकसँगै कम्पनीको रजिष्ट्रर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालय तथा गौरीसंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यो आईपीओ  साउन २ गतेसम्म विक्रीमा रहनेछ तर सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित स्थानीयका लागि भने ढिलोमा साउन १७ गतेसम्म विक्री खुला हुनेछ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस