×
रिपब्लिक मिडियाको आइपीओमा पर्‍याे ७६ लाख ९३ हजार कित्ताका लागि आवेदन।



नेपाल रिपब्लिक मिडियाको आइपीओमा ७६ करोड ९३ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझसम्ममा ६ लाख ९९ हजार  २१० जना सर्वसाधारण लगानीकर्ताले ७६ लाख ९३ हजार १००  कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २.१२ गुणा वढी आवेदन हो ।

कम्पनीले शुक्रबार (जेठ २६ गते) देखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ ।

यस्तै, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यसमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Deep
Guest
Deep
June 11, 2023 7:15 pm

Paisako satyanas nagaraj. Hai yasma lagani garera



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस