×
Lagani
Lagani Shiksha gif
दोहोरो अंकले बढ्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भए मालामाल।



साताको कारबारको दोस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

यस दिन नेप्से सूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुग्दा  करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ जुन  तुलनात्मकरुपमा कम हो ।  यस दिन २२४ कम्पनीको ४० हजार ८६९ पटकको कारोबारमा  ४९ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Lagani Shiksha gif
sharehubapk दोहोरो अंकले बढ्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भए मालामाल।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन २६ करोड ५० लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरीजिवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिभम सिमिन्ट, साहस उर्जा र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ ।

कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्रका शेयरधनीले सर्वाधिक कमाएका छन् । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलोपर, बुद्धभूमि नेपाल हाइड्रोपावर र साहस उर्जाका शेयरधनीले कमाएका हुन् ।09 top turnover दोहोरो अंकले बढ्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भए मालामाल।

युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ८३४ दशमलव ९० पुगेको छ । त्यसैगरी  गुराँस लघुवित्तको शेयरमूल्य रू. १ हजार ४३०, नेपाल हाइड्रो डेभलपरको रू. ५६४ दशमलव ९०, बुद्धभूमि नेपालको रू. ६६७ र साहस उर्जाको रू. ६९० पुगेको छ ।

यस्तै आजको कारोबारमा नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १.९५  प्रतिशतले घटेको छ । त्यस्तै कालिका लघुवित्त, ग्रामिण विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ ।

09 top losers दोहोरो अंकले बढ्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भए मालामाल।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस