×
दोहोरो अंकले बढ्यो नेप्से , निफ्राका लगानीकर्ता भए मालामाल



साताको दोस्रो दिन  शेयर बजार दोहोरो अंकको बढेको छ ।

सोमबार नेप्से सूचक १५.६९ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २८५१.८६ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार आज ६६ हजार ११३ कारोबारबाट २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब २ करोड २० लाख १७ लाख १८१ रुपैयाँमा सीमित भएको छ ।

४९ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा निफ्रा अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा नेसनल हाइड्रोपावर र अरुण हाइड्रोपावर परेका छन् । २२४ कम्पनीको ९५ लाख १२ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।

Screenshot 2022 02 07 153557 दोहोरो अंकले बढ्यो नेप्से , निफ्राका लगानीकर्ता भए मालामाल

यस दिन नेपाल इन्फास्टक्चर बैंकको शेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशतले बढेको छ । यस्तै छ्याङ्दी हाइड्रोपावरको ६.८३ प्रतिशत र सानिमा लाइफको शेयरमूल्य ५.०४ प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर, बोट्लर्स नेपाल तराई, र नेपाल हाइड्रो डेभलपर्स पनि शेयरमूल्य ४ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ ।

त्यस्तै आज  बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । आज हाइड्रोपावरको सेयरमूल्य ४.५७ प्रतिशतले घटेर ६ सय ६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

प्रि – ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ९१ अंकले घटेको नेप्से अन्तिम कारोबार सम्म बढेको हो। नेप्से बढेपनि बैंकिङ्ग उपसमुहको परिसूचक सर्वाधिक ०.२१ प्रतिशतले घटेको छ । यस्तै होटल तथा पर्यटन उपसमुहको परिसूचक ०.१४ प्रतिशत र माइक्रोफाइनान्स उपसमुहको परिसूचक ०.०८ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस