×
के तपाईको इन्टरनेट केहि दिनदेखि स्लो चलिरहेको छ ? यस्तो छ कारण



बिगत केहि दिनदेखि इन्टरनेटमा समस्या आएको छ।

नेट स्लो भएको भन्दै प्रयोगकर्ताहरु आफ्नो सेवा प्रदायकलाई बारम्बार सताइरहेका पनि छन्। यस्तो समस्या किन आयो भन्ने कुरामा भने कोहि जानकार छैन।  अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने अप्टिकल केबलमा समस्या देखिएका कारण इन्टरनेट सेवा प्रभावित भएको सेवा प्रदायकहरुको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले  जनाएको छ।

नेपालि सेवा प्रदायकले प्रयोग गर्ने अपस्ट्रिम प्रोभाइडर टाटा, एयरटेल , सिफीजस्ता सेवा प्रदायकले समुद्रमुनी बिछ्याएको अप्टिकल केबलमा समस्या देखिएपछि वैकल्पिक मार्ग उपयोग गरिएको जानकारी गराउदै आइस्पानले विज्ञप्ति जारि गरेको छ।

प्रेस विज्ञप्तः समुद्व मुनिका केवलहरुमा समस्या आएका कारण इन्टरनेट  प्रभावित भइरहेको

आदरणीय ग्राहक महानुभावहरु,
वर्तमान कोभिड-१९ को महामारीमा तपाईंहरु सुरक्षित र स्बस्थ्य हुनुहुन्छ होला ।

तपाईंहरुलाई थाहा नै होला कि, विश्वब्यापी रुपमा इन्टरनेट सेवा प्रबाह गर्न समुद्र मुनिका  सवमरिन केवलहरु प्रयोग गरिन्छ। बिगत केही दिनदेखी यी सबमरिन  केवलहरुमा समस्या   भइरहेको कुरा ग्राहक महानुभावहरुमा जानकरी गराउदछौ । हाम्रा Upstream Providers  का अनुसार मुम्बई खाडी मार्गको उप-समुद्दी मागका submarine  केवलहरुमा समस्या देखिएको छ। यसकारण मुम्बई हुँदै युरोप मध्यपूर्व (खाडी) र अमेरिकामा पढाइने इन्टरनेट ट्राफिकमा असर परेको देखिएको छ। ,

अपस्ट्रिम प्रदायकहरुले  हालको अवस्थामा वैकल्पिक मार्गहरु प्रयोग गरिरहेका छन्‌। त्यसकारण इन्टरनेट सेवामा latecy बढ्ने तथा प्याकेट ड्रप पनि हुनसक्ने भएकोले गर्दा इन्टरनेट सेवा प्रभावित हुन सक्दछ। अपस्ट्रिम प्रदायकहरुका अनुसार मर्मत केवल जहाज, पानीमा मौसमको अवस्था र मर्मत कार्यका लागि अनुमति लिने जस्ता निर्भरताहरुका कारणले गर्दा यी समस्या समाधान गर्न  केही हप्ता लाग्न सक्दछ। तसर्थ, हामी इन्टरनेट सेवा प्रदायकहरु जतिसक्दो चाँडो समस्या समाधान गर्न अपस्ट्रिम प्रदायकहरुसँग निरन्तर सम्पर्कमा रहेका छौं। बिच्यमान अवस्थाका कारण तपाईंहरुलाई पर्न गएका /पर्न जाने असुबिधाहरु प्रति हृदयदेखि क्षमाप्रार्थी छौँ। तपाईंहरुको धैर्यता, समर्यन र सहयोगका लागि, धन्यवाद । ” ,

272203881 299489465568170 6771742545683648504 n के तपाईको इन्टरनेट केहि दिनदेखि स्लो चलिरहेको छ ? यस्तो छ कारण 272307154 299489482234835 9173215501306224636 n के तपाईको इन्टरनेट केहि दिनदेखि स्लो चलिरहेको छ ? यस्तो छ कारण

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस