नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्यवृद्धि गरेको छ।
पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । मुल्यवृद्धिको चर्को विरोध भइरहेकै बेला निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो।
यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।
निगमले पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मून्य समायोजन गरेपश्चात हालसम्म अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा नै रहि पुनः निरन्तर बढ्दै गई कच्चा तेलको मूल्य झण्डै ८१ देखि ८९ अमेरिकी डलर प्रति व्यारल पुगिसकेको अबस्थामा ईडियन आयल कर्पेरेशनबाट केहि दिन अघि जनवरी १६,२०२२ मा प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १३.१८६, डिजेलमा रु. ८.८१ तथा प्रति सिलिण्डर एल.पि. ग्यासमा रु. ६४६.१६ घाटा कायम भएको हुँदा निगमलाई १५ दिनमा करीब रू. २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको व्यहोरा निगमले यस अघि मिति २०७८/१०/०३ मा प्रेषित बिज्ञसति मार्फत सार्वजनिक गरिसकेको थियो ।
निगमले चालु आर्थिक वर्षको ६ महिनाको अबधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको भए तापनि यस अबधिमा ३ पटक मात्र मूल्य समायोजन गरेको बताएको छ।
यस अवधिमा निगमले करिड १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको छ, भने आगामी जनबरी २३, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्व रुपैया नपुग हुने स्थिति देखिएको र सो रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना भएको छ । तसर्थ निगमले प्रचलनमा ल्याएको स्वतः मूल्य निर्धारण संरचनालाई क्रियाशिल बनाई सो अनुरुप मूल्य समायोजन गर्दै जानुपर्ने देखिएको हुँदा आज मिति २०७८।१०।०५ को राति १२:०० जजेदेखि लागू हुनेगरी पेट्रोल र ढिजेल/मट्टितिलको साबिकको बिक्रि मूल्यमा रु. ३ ले वृद्धि गरी काठमाडौँ (निगमको डिपो क्षेत्रको १४ कि.मि. परिसर भित्र) को लागि नयाँ खुट्टा बिक्रि मूल्य कमशः रू. १३९ र रू. १२२ तथा आन्तरिक हवाई ईन्धनमा साबिकको विकि मूल्यमा प्रति लिटर रू. ५1 से बृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. १०६ तथा अन्तर्राष्ट्रिय हबाई इन्धनको भूल्य प्रति किलो लिटर १०० बगमेरिकी डलरले बृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको छ
।
एल.पी.ग्यासमा अत्यधिक घाटा भएता पनि सो को विक्री मूल्य हाललाई थधाबत नै राखने निर्णय गरिएको छ।
यस मूल्य समायोजन पश्चात् पनि निगमलाई निम्न बमोजिम १५ दिनमा करीब रू.१ अर्ब ८८ करोड घाटा हुने स्थिति देखिएको छ।
पेट्रोल : रू. १०.७२ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ३४.८१ करोड)
ढिजेल : रू. ६.३३ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ५७.४३ करोड)
मतटील : रू. २२.६४ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.०७ करोह)
हवाई इन्धन (आन्तरिकतर्फ): रू. ९.६२ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.६१ करोड)
हदबाई इन्धन (बाह्यतर्फ): रू. २९.०३ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. १३.७९ करोड)
एल. पि. ग्यासः रू. ६४६.१६ घाटा प्रति सिलिण्डर (१५ दिनको घाटा करीब रू. ११४.८६ करोड)
निगमले हालसम्मको नोक्सानीको व्यवस्थापन निगमको बचतमा रहेको संचिति मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी मरावास तथा बोनस लगायत अन्य प्रयोजनमा छुट्टाई राखिएको रकमबाट ईण्हियन आयल कर्षोरेशनलाई सम्झौता अनुरूप भुक्तानी गरी देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राखेको छ ।
यस मूल्य समायोजन पश्चात् पनि भारतको सिमावर्ति बजार रक्सौल भन्दा नेपालको विरंगज क्षेत्रमा प्रति लिटर पेट्रोल रू. ३४ ले सस्तो, ढिजेल रू. २८ ले सस्तो, एल.पी.ग्यास प्रति सिलिण्हर छू. ५० ले सस्तो र हबाई इन्धन ( आन्तरिकतर्फ भारतको कलकत्ता भन्दा काठमाडौमा रु.२८ सस्तो भएको निगमले जनाएको छ।