×
Lagani
Lagani Shiksha gif
माछा किन्दा सिडिओ ठगिएपछि भयो यस्तो हंगामा …



चितवनमा माछाको मूल्यको विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ र माछा व्यवसायीबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

सिडिओ तामाङले माछा किन्दा आफू ठगिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् । माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरि सिडिओले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

Lagani Shiksha gif
sharehubapk माछा किन्दा सिडिओ ठगिएपछि भयो यस्तो हंगामा ...

सिडिओ तामाङले माछाको मूल्य बढी लिएको भन्दै आफ्नो पदीय मर्यादा विपरित चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङमाथि आइतबार दुर्व्यवहार गरेको व्यवसायीको आरोप छ ।

नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समिति र जिल्ला समितिले सोमबार विज्ञप्ति जारी गरि सिडिओले प्रहरी प्रशासनसहित पसलमा पुगेर व्यवसायीलाई अपशब्द प्रयोग गर्दै गालीगलोज गरेको बताएको छ । सिडिओ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दुर्व्यवहार गरि माछा राखेको डिप फ्रिजमा तालासमेत लगाएको व्यवसायी लुलाराजले बताएका छन् ।

व्यवसायीका अनुसार सिडिओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न व्यवसायी लुलाराज पनि फार्ममा पुगेका थिए ।

पोखरीबाट निकालेको माछा बिक्री भएर सकिएपछि लुलाराजले नै सिडिओकी श्रीमतीलाई प्रतिकेजी ३०० रुपैयाँका दरले ५.३ केजी बिक्री गरे । त्यसपछि बाँकी माछा लिएर लुलाराज आफ्नो पसल आए । बेलुकी ५ बजेपछि सिडियो तामाङ पत्नी र सहायक सिडिओ श्रीमतिसहित उनको पसलमा पुगे ।

‘तँ होइन बढी पैसा लिएर माछा बेच्ने । तँ कालाबजारी गर्ने भन्दै अपशब्द बोल्दै गाली गलौज गर्नुभयो’, उनले भने, ‘आफू सिडिओ भएको र आफू प्रशासन भएको भन्दै तथानाम गाली गर्नुभयो ।’ आफूमाथि हातपात भने नभएको उनले बताए ।

घटनापछि सोमबार सहायक सिडिओ चिरञ्जिवी शर्मासँगको छलफलबाट सकारात्मक परिणाम ननिस्किएको खगेन्द्र सुवेदीले बताए ।

प्रतिकेजी २४० रुपैयाँ पर्ने माछालाई प्रतिकेजी ३०० रुपैयाँ लिएर लुलाराजले कालोबजारी गरेको सिडिओ तामाङको भनाइ छ । ‘मैले पुष ९ गते पनि फार्मबाट माछा ल्याएको सात किलो । प्रतिकेजी २४० मा । हिजोपनि माछा लिन गएछन् । एउटा फार्मले चाँहि २४० मा पसलेको नाममा बिल बनायो । त्यहिँ पसलेले फेरि ३०० लिएछ । म ठगिएँ’, उनले भने ।

व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिएकाले कालोबजारीमा मुद्दा चलाएर कारबाही गर्ने उनले बताए । फार्मले प्रतिकेजी २४० मा पसलेलाई माछा बिक्री गरेको बील आफूसँग रहेको उनको भनाइ छ । बेलुका पसलमा चाँहि पसलेसँग माछाको बिल लिन गएको उनले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस