CKHL 632 -8 SLBSL 1398.4 21.4 CLI 634 -4.9 NMLBBL 769 -11 NBBD2085 1100 0 MDB 630 -3.8 BEDC 470 0 JBLB 1534 -3 SPL 813 -12.1 PPCL 262 -5.2 PBD85 1079.9 19.9 SMJC 574 -6 SJCL 326 -3.7 RMF1 9.15 -0.1 EDBL 645 -1.9 USHEC 523 -7 MEL 292 2 NADEP 1030 -55 KSY 9.22 -0.19 MKJC 467.9 -1 PCBL 292 -2 TSHL 909 -11 KKHC 260 -2 GVL 538.5 -22 MANDU 885 -14 ALICL 714.5 -1.2 KSBBL 448 -3 NBF2 9.15 -0.05 CFCL 647 27.1 BNHC 466.9 0.7 MCHL 488.3 -3.7 MHL 725 3.5 SLCF 9.21 -0.1 GIBF1 9.69 0.1 BOKD86 1040 18 NICGF 10.56 -0.28 PFL 652 -1 ILI 483.5 -2.5 NIBLSTF 8.68 0 NICA 452 -13
×
माछा किन्दा सिडिओ ठगिएपछि भयो यस्तो हंगामा …



चितवनमा माछाको मूल्यको विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ र माछा व्यवसायीबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

सिडिओ तामाङले माछा किन्दा आफू ठगिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् । माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरि सिडिओले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

सिडिओ तामाङले माछाको मूल्य बढी लिएको भन्दै आफ्नो पदीय मर्यादा विपरित चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङमाथि आइतबार दुर्व्यवहार गरेको व्यवसायीको आरोप छ ।

नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समिति र जिल्ला समितिले सोमबार विज्ञप्ति जारी गरि सिडिओले प्रहरी प्रशासनसहित पसलमा पुगेर व्यवसायीलाई अपशब्द प्रयोग गर्दै गालीगलोज गरेको बताएको छ । सिडिओ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दुर्व्यवहार गरि माछा राखेको डिप फ्रिजमा तालासमेत लगाएको व्यवसायी लुलाराजले बताएका छन् ।

व्यवसायीका अनुसार सिडिओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न व्यवसायी लुलाराज पनि फार्ममा पुगेका थिए ।

पोखरीबाट निकालेको माछा बिक्री भएर सकिएपछि लुलाराजले नै सिडिओकी श्रीमतीलाई प्रतिकेजी ३०० रुपैयाँका दरले ५.३ केजी बिक्री गरे । त्यसपछि बाँकी माछा लिएर लुलाराज आफ्नो पसल आए । बेलुकी ५ बजेपछि सिडियो तामाङ पत्नी र सहायक सिडिओ श्रीमतिसहित उनको पसलमा पुगे ।

‘तँ होइन बढी पैसा लिएर माछा बेच्ने । तँ कालाबजारी गर्ने भन्दै अपशब्द बोल्दै गाली गलौज गर्नुभयो’, उनले भने, ‘आफू सिडिओ भएको र आफू प्रशासन भएको भन्दै तथानाम गाली गर्नुभयो ।’ आफूमाथि हातपात भने नभएको उनले बताए ।

घटनापछि सोमबार सहायक सिडिओ चिरञ्जिवी शर्मासँगको छलफलबाट सकारात्मक परिणाम ननिस्किएको खगेन्द्र सुवेदीले बताए ।

प्रतिकेजी २४० रुपैयाँ पर्ने माछालाई प्रतिकेजी ३०० रुपैयाँ लिएर लुलाराजले कालोबजारी गरेको सिडिओ तामाङको भनाइ छ । ‘मैले पुष ९ गते पनि फार्मबाट माछा ल्याएको सात किलो । प्रतिकेजी २४० मा । हिजोपनि माछा लिन गएछन् । एउटा फार्मले चाँहि २४० मा पसलेको नाममा बिल बनायो । त्यहिँ पसलेले फेरि ३०० लिएछ । म ठगिएँ’, उनले भने ।

व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिएकाले कालोबजारीमा मुद्दा चलाएर कारबाही गर्ने उनले बताए । फार्मले प्रतिकेजी २४० मा पसलेलाई माछा बिक्री गरेको बील आफूसँग रहेको उनको भनाइ छ । बेलुका पसलमा चाँहि पसलेसँग माछाको बिल लिन गएको उनले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस