UMHL 308 -4 SIGS3 9.45 0.09 WNLB 2650 -80 MBLD2085 1085 6.5 SWBBL 1065 2.1 DLBS 1374 30 NLG 1317 2 NABBC 631 -12 RIDI 235 0 SONA 473.2 -7.8 LUK 9.21 -0.09 MFLD85 1050 -20 KBSH 2386 -9 NGPL 472 -2.9 SAEF 11.22 0.17 JOSHI 305 -6.8 NBL 292.2 1.2 TSHL 909 -11 DHPL 242 1 EBLD86 1040 -2 SFEF 9.29 0.22 MDB 630 -3.8 SMB 1809 4 AKPL 248.5 -2.5 UNHPL 266 0 MKHL 493 -6 RFPL 532 11.1 ILBS 980 -21.5 HEI 648 -10 SPL 813 -12.1 PBD88 1102.1 2.1 CYCL 1540 -7 PHCL 465.1 -9.9 NLO 242.1 0 NIL 912 8 PRVU 248 -10 API 289.5 2.5 JBLB 1534 -3 NICD88 1032 -21 MND84/85 1030 2
×
केरुङमा बाक्लो हिमपातपछि नेपाल आयात हुने सामान लोड हुन सकेन



चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयातमा प्रभावित भएको छ ।

मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन् । केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ, अहिले सामान लोड गर्ने स्थिति छैन भन्ने खबर आएकाे छ,’ उनले भने ।

हिमपातका कारण सामान लोड भएर नेपाल आउन लागेका चिनियाँ कन्टेनरसमेत केरुङमै रोकिएको पौडेलले बताए । ‘सामान लोड भएर बसेका गाडि केरुङबाट रसुवागढी आउन सकेको छैन, हिमपात भइरहेकाले लोड हुन सकेको छैन भनेर जानकारी  आएको छ, उनले भने, हिउँ छ, यातायात अवरुद्ध भएको छ भनिएको छ, अब कति दिन लाग्छ भन्ने यकीन छैन ।’

अर्का व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार हिमपातका कारण अबको केहि दिन नेपाल सामान आयातमा प्रभावित हुने देखिएको छ ।  चिनियाँ पक्षले दैनिक बिहान ९ कन्टेनर र साँझ २ कन्टेनर गरी दैनिक ९ वटा कन्टेनर मार्फत रसुवागढीसम्म सामान निर्यात गर्दै आएकाे थियो ।

मंगलबार बेलुका नै नाकाको सीमा पारी पुगेक ७ कन्टेनरले बुधबार बिहान रसुवागढीसम्म सामान ल्याएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीले बताए । ‘बुधबार बिहान ७ चिनियाँ कन्टेनरमार्फत सामान आयात भएको छ, बेलुकी दुई कन्टेनर आउने गर्थ्याे, तर बुधबार भने आएन्, चिनिया पक्षले हामीलाई केही जानकारी गराएको छैन,’ उनले भने  ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस