EDBL 645 -1.9 NMFBS 1435 1 MBJC 321 -8 LBBL 475 -4.8 ALICL 714.5 -1.2 KPCL 493 -0.8 CHCL 568.9 -8.1 NIBD84 1030 -20 PRVU 248 -10 SBD87 1048 11.9 KBLD89 1156 1 NESDO 2229 -18 SPIL 853 -18 SBL 345 -8.1 NRM 426.1 -4.9 GIBF1 9.69 0.1 FOWAD 1479 0 SMFBS 1505.2 6.2 NMBMF 695 -10 SAMAJ 3321.1 1.1 BHDC 583 5.4 USHEC 523 -7 GRDBL 743 5 NICD83/84 1062 -19 SGHC 393.6 0.1 SCBD 1111 6 GMFIL 623 1 CKHL 632 -8 SJLIC 477 -7.5 CMF2 9.21 -0.1 GFCL 1051.1 6 SSHL 215 0.8 ULBSL 3199 37 LBLD86 1081 -0.2 NICFC 8.97 -0.33 GBBL 447 -6 NICGF 10.56 -0.28 KEF 9 0.28 JBBL 351 -3.1 LEC 276.8 -6
×
आखिर किन माओवादीले गर्यो सुभकामना दिन गएका एमाले महासचिव शंकर पोखरेलको अपमान ?



नेकपा माओवादी केन्द्रले आफ्नै महाधिवेशनमा शुभकामना दिन आएको अतिथिलाई अपमान गरेको छ ।

आठौं राष्ट्रिय महाधिवेशनमा अतिथिको रुपमा शुभकामना दिन जानुभएका एमाले महासचिव शंकर पोखरेललाई सार्वजनिक रुपमै अपमान गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निम्तोलाई स्वीकार गर्दै आफू आउन नसक्ने र महासचिव शंकरलाई पठाउने जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीले गराउनु भएको थियो ।

मुलुकको सवैभन्दा ठूलो दल नेकपा एमालेको महासचिव पोखरेललाई मञ्चमा बस्दा कार्यक्रम सञ्चालक जनार्दन शर्माले अतिथिसमेत भन्नुभएन । उहाँले एमाले महासचिव पोखरेललाई आसन ग्रहण गर्न अनुरोध गर्छु भन्दै सार्वजनिक अपमान गर्नुभयो ।

जवकी अन्य दलका नेतालाई बिशेष अतिथि र अतिथी भन्दै आसनग्रहण गराउनु भएको थियो । पोखरेललाई भने आसनग्रहण मात्रै भन्नुभयो । माओवादीले बोल्ने क्रमलाई पनि एमालेसँग सत्रुतापुर्ण ब्यवहार देखाएको छ । मुलुकको सवैभन्दा ठूलो दल एमालेलाई जसपाकै हाराहारीमा राखेर उपेन्द्र यादव बोले लगत्तै बोल्न निम्त्याउने काम गर्यो । माधव नेपाललाई एमाले भन्दा माथि देखाउन माओवादीले यस्तो अपमान गरेको हो।

यो समाचार जनता टाइम्समा रहेको छ।  

राष्ट्रियता र परराष्ट्र नीतिमा सबै दलहरू एकजुट होऔँ : शंकर पोखरेल: नेकपा एमाले महासचिव शंकर पोखरेलले जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशमा क्रान्ति पटक पटक भएको र जनताले अनुभूति गर्ने गरी परिवर्तन नभएको भन्दै यसमा दलहरू लाग्नुपर्ने बताए ।

‘गिरिजाप्रसाद कोइरालाले पटक पटक भन्नुहुन्थ्यो- एउटै व्यक्तिले तीन तीनवटा आन्दोलनको नेतृत्व गर्नुपर्‍यो,’ उनले भने, ‘तर, मलाई खल्लो लाग्थ्यो । क्रान्तिका हिसावले ठिक होला । एउटा क्रान्तिले युग परिवर्तन गर्नुपर्ने हो । तर, नेपालमा क्रान्ति भयो । परिवर्तन भएन ।’

नेताहरूबीचको अन्तर कलहलाई आधार बनाएर नेताहरूले नीति र एजेण्डा बनाउँदा जनताप्रति उत्तरदायी बन्न नसकेको बताएका उनले सामूहिक प्रयासबाट देशमा व्यवस्था परिवर्तन भएको स्मरण गर्नुपर्ने बताए ।

देश र जनताको माग सम्बोधन गर्न गठन गरिएको नेकपाको एकता जोगाउन नसक्नु एकअर्कालाई दोष दिएर उम्किन नसकिने भन्दै उनले यसको समीक्षा गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रियता, स्वाधिनता, परराष्ट्र नीतिमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका उनले समाजलाई बदल्ने विषयमा पनि सबै एकबद्ध भएर अघि बढ्नुपर्ने बताए ।  देशको विकास र समृद्धिका लागि पनि दलहरुबीच साझा एजेण्डा ल्याउनुपर्ने बताएका उनले पार्टी मात्र होइन देशलाई नै बलियो बनाउनुपर्ने धारणा राखे ।

जनताको बीचमा गरिएको वाचा पूरा गर्न नसकेको कुरा जनतालाई भन्न सक्नुपर्ने भन्दै उनले जनतामाझमा जाने एमालेको एजेण्डालाई प्रतिगमनसँग जोडिएकोप्रति आक्रोश व्यक्त गरे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस