×
Lagani
Lagani Shiksha gif
निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो



बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्व रुपैयाँ वृद्धि भई ४८ खर्व ६ अर्व रुपैयाँ पुगेको छ । यसमध्ये बैंकहरूसँग ४२ खर्व ३४ अर्व र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पाँच खर्व ७१ अर्व निक्षेप रहेको छ ।

Lagani Shiksha gif

निक्षेप बढेपछि बैंकहरूको सिडी रेसियोमा पनि केही सुधार आएको छ । शुक्रबारसम्ममा बैंकहरूको औसत सिडी रेसियो ९१ दशमलव १४ प्रतिशतमा झरेको छ ।

निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घटेको छ । शुक्रबार अन्तरबैक ब्याजदर ४ दशमलव ८६ प्रतिशतमा झरेको छ । बैंकहरूमा निक्षेप वृद्धिसँगै कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी ११ अर्व रुपैयाँले वृद्धि भई ४६ खर्व २ अर्व पुगेको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता अभाव भएसँगै बैंकहरूले अत्यावश्यक बाहेकका कर्जा लगानी भने रोकेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस