×
नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ।

नेप्सेले सोमबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को आठ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो।  समायोजनपछि एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडीसीएलको सेयर प्रतिकित्ता २६८ रुपैयाँ २० पैसा र साना किसानको एक हजार ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस