×
Lagani
Lagani Shiksha gif
भारतबाट पेट्रोलको मूल्य १२.४० रुपैयाँ बढेर आयो, नेपालमा के भयो त?



भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य उल्लेख्य रूपमा बढेर आएको छ।

निगमका अनुसार भदौ ३० गते भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोलको मूल्य प्रतिलिटर १२.४० रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४.६८ रुपैयाँले बढेर आएको छ। खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगम सञ्चालक समितिले सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। यो निर्णय २०८३ भदौ ३१ गते अर्थात् १६ सेप्टेम्बर २०२६ देखि लागू भएको निगमले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk भारतबाट पेट्रोलको मूल्य १२.४० रुपैयाँ बढेर आयो, नेपालमा के भयो त?

निगमका अनुसार भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीबाट सिर्जित कठिन परिस्थितिलाई समेत ध्यानमा राखेर मूल्य यथावत् राखिएको हो। नयाँ खरिद मूल्य बढेर आए पनि काठमाडौं, पोखरा र दिपायललगायतका क्षेत्रमा पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २०० रुपैयाँ नै कायम रहनेछ। यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै कायम गरिएको छ।

खरिद मूल्य बढे पनि खुद्रा बिक्री मूल्य नबढाउने निर्णयका कारण नेपाल आयल निगममाथि थप आर्थिक भार पर्ने भएको छ। निगमका अनुसार मूल्य समायोजन नगर्दा पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको अवस्थामा आईओसीबाट समेत बढेको खरिद मूल्य प्राप्त भएको निगमले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस