×
Lagani
Lagani Shiksha gif
एआईको युगमा लोकतन्त्रमाथि महामन्थन



रौतहट ३० भदौ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकाससँगै यसको प्रभाव शासन व्यवस्था, समाज र लोकतन्त्रसम्म पुग्न थालेपछि भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयमा एआई र लोकतन्त्रबारे अन्तर्राष्ट्रियस्तरको महामन्थन भएको छ ।

विश्वविद्यालयमा मंगलबार ‘एआई फर डेमोक्रेसी’ विषयमा आयोजित अन्तर्राष्ट्रिय समिटमा नेपाल, भारतसहित विभिन्न देशका विज्ञ तथा सरोकारवालाहरूले एआईको बढ्दो प्रभाव, सम्भावना, चुनौती तथा यसको जिम्मेवार प्रयोगबारे छलफल गरेका हुन् । समिटका क्रममा एआईमा आधारित पत्रिकासहित विभिन्न पुस्तकसमेत विमोचन गरिएको थियो ।

Lagani Shiksha gif
sharehubapk एआईको युगमा लोकतन्त्रमाथि महामन्थन

समिटको अध्यक्षता गरेका देव संस्कृति विश्वविद्यालयका उपाध्यक्ष डा। चिन्मय पण्ड्याले भारतको ज्ञान परम्पराले प्राविधिक विकासलाई सधैं मानव कल्याणसँग जोडेर हेर्दै आएको बताए । उनले एआईलाई मानव बुद्धिको विकल्पका रूपमा नभई मानवीय क्षमताको विस्तार गर्ने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

‘मानवीय मूल्यसँग जोडिएको एआईले मात्रै लोकतन्त्रलाई अझ संवेदनशील, समावेशी र जनकेन्द्रित बनाउन सक्छ,’ उनले भने ।

लन्डनस्थित सेन्टर फर टुमोरोका संस्थापक अध्यक्ष डेक्स हन्टर–टोरिकले एआईबाट प्राप्त हुने लाभ समाजका सबै वर्गसम्म पुग्नुपर्ने बताए । प्रविधिको विकाससँगै सामाजिक तथा आर्थिक चुनौतीलाई समेत समान रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

सरकार, उद्योग र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले एआईलाई समान अवसर, मानव कल्याण र समावेशी विकासको आधार बनाउनुपर्ने बताए ।

समिटमा एआई र लोकतान्त्रिक संस्था, सार्वजनिक नीति, नागरिक सहभागिता, डिजिटल विश्वसनीयता तथा भविष्यको शासन व्यवस्थालगायतका विषयमा विज्ञहरूले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा ‘एआई फर डेमोक्रेसी’ विषयमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई सम्मानसमेत गरिएको थियो । सो अवसरमा एआईमा आधारित पत्रिकालगायत विभिन्न पुस्तक सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

समिटमा द ब्रिटिस युनिभर्सिटी इन इजिप्टका डिन प्रोफेसर इब्राहिम सलामा, सेन्टर फर टुमोरोका संस्थापक अध्यक्ष तथा एआई एवं सार्वजनिक नीति विशेषज्ञ डेक्स हन्टर–टोरिक, ब्रिटिस हाई कमिसन नयाँ दिल्लीका टेक पोलिसी प्रमुख ह्यारी फिसर, स्वामी राम हिमालयन विश्वविद्यालयका कुलाधिपति डा। विजय धस्माना, क्याबिनेट मन्त्री मदन कौशिक, मनु गौड लगायत देश–विदेशका विज्ञ तथा सरोकारवालाहरू सहभागी थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस