×
Lagani
Lagani Shiksha gif
खाना, बस्ने व्यवस्था, भत्ता र गाडी भाडासहित निःशुल्क तालिम, यसरी दिनुहोस् आवेदन



बेरोजगार व्यक्तिलाई लक्षित गर्दै खाना तथा बसोबास निःशुल्क र मासिक निर्वाह भत्तासहित विभिन्न सीपमूलक तालिमका लागि आवेदन माग गरेको छ।

इनरुवा नगरपालिकाको रोजगार शाखाले सार्वजनिक गरेको सूचनाअनुसार पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा.लि., पोखराले सञ्चालन गर्ने तालिममा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिले आवश्यक कागजातसहित २०८३ असोज ३० गतेभित्र आवेदन दिन सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk खाना, बस्ने व्यवस्था, भत्ता र गाडी भाडासहित निःशुल्क तालिम, यसरी दिनुहोस् आवेदन

सूचनाअनुसार सिकर्मी तथा सटरिङसम्बन्धी चार महिनाको तालिममा १० जना सहभागी गराइनेछ। यसका लागि साधारण लेखपढ गर्न सक्ने र १७ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन सक्नेछन्। यस्तै डकर्मी, प्लम्बर तथा स्टिल फिक्सरसम्बन्धी चार महिनाको तालिममा पनि १० जनाको माग गरिएको छ। यस तालिमका लागि समेत साधारण लेखपढ गर्न सक्ने तथा १७ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन पाउनेछन्।

यदि तपाई शेयर बजार सिकेर कमाउन चाहानुहुन्छ भने हाम्रो लगानी शिक्षा इबुक पढ्न यहाँ क्लिक गर्नु होला। 

त्यसैगरी इलेक्ट्रोनिक तथा मोबाइल मर्मतसम्बन्धी चार महिनाको तालिममा दुई जना र बेसिक तथा एडभान्स इलेक्ट्रिकलसम्बन्धी छ महिनाको तालिममा दुई जना सहभागी गराइने सूचनामा उल्लेख छ। यी दुई तालिमका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ भने उमेर १७ देखि २७ वर्षसम्म हुनुपर्ने व्यवस्था गरिएको छ।

तालिम पोखरामा सञ्चालन हुने र २०८३ कात्तिक २९ गतेदेखि सुरु हुने नगरपालिकाले जनाएको छ। तालिम अवधिभर सहभागीका लागि खाना तथा बस्ने व्यवस्था निःशुल्क हुनेछ। साथै प्रत्येक सहभागीले मासिक १ हजार रुपैयाँ निर्वाह भत्ता पाउनेछन् भने तालिममा आउँदा र फर्किँदा एक पटकको बस भाडाको समेत व्यवस्था गरिने सूचनामा उल्लेख छ।

आवेदन दिन इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि एक प्रति, पासपोर्ट साइजको फोटो दुई प्रति र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि एक प्रतिसहित इनरुवा नगरपालिकाको रोजगार सीप तथा उद्यमशीलता केन्द्र अर्थात् रोजगार शाखामा आवेदन बुझाउनुपर्नेछ। नगरपालिकाले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन इच्छुक बेरोजगार व्यक्तिलाई आग्रह गरेको छ।तपाइँ

 

trrnpost खाना, बस्ने व्यवस्था, भत्ता र गाडी भाडासहित निःशुल्क तालिम, यसरी दिनुहोस् आवेदन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस