×
Lagani
Lagani Shiksha gif
समान किन्दा ब्यापारीले बिल दिएनन भने के गर्ने ?



सामान किन्दा वा सेवा लिँदा पैसा तिरेपछि धेरैले बिल माग्दैनन्। कतिपय अवस्थामा उपभोक्ताले बिल माग्दा पनि व्यापारीले सामान्य कागजको पर्ची दिने, रकम मात्रै लेखिएको बिल दिने वा ‘बिल चाहिँदैन ’ भन्दै टार्ने गरेका हुन्छन्। तर अब सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुनसमेत वास्तविक PAN सहितको बिल बीजक महत्त्वपूर्ण बनेको छ।

आन्तरिक राजस्व विभागका अनुसार वस्तु वा सेवा खरिद गर्दा स्थायी लेखा नम्बर (PAN) सहितको बिल बीजक मागेर सुरक्षित राख्नुपर्छ। सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा योग्य बिल दर्ता गरेर उपभोक्ताले पुरस्कार कुपन प्राप्त गर्न सक्छन्।

Lagani Shiksha gif
sharehubapk समान किन्दा ब्यापारीले बिल दिएनन भने के गर्ने ?

व्यापारीले PAN बिल दिन मानेन भने के गर्ने ?

कुनै दर्ता भएको व्यवसायीले सामान वा सेवा बिक्री गरेपछि बिल नदिएमा उपभोक्ता चुप लागेर बस्नुपर्ने अवस्था छैन। आन्तरिक राजस्व विभागले आफ्नो बारम्बार सोधिने प्रश्नमा नै दर्ता भएको व्यापारीले बीजक जारी नगरेको थाहा भएमा नजिकको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा जानकारी गराउन सकिने स्पष्ट पारेको छ। विभागमा अनलाइनबाट समेत गुनासो तथा सुझाव पेश गर्न सकिन्छ। विभागले सेवा गुनासोका लागि ९७६२११९७५९ नम्बरसमेत उपलब्ध गराएको छ।

बिल नदिने विषय सामान्य कमजोरी मात्रै होइन। विभागको आधिकारिक जानकारीअनुसार दर्तावाल व्यक्तिले वस्तु वा सेवा आपूर्ति गर्दा क्रेतालाई बीजक नदिएमा प्रत्येक पटक १० हजार रुपैयाँ जरिवाना लगाउन सकिने व्यवस्था छ।

उपहार कार्यक्रममा सहभागी हुन पनि बिल चाहिन्छ

विशेषगरी नगदमा सामान वा सेवा खरिद गर्ने उपभोक्ताका लागि बिल झन् महत्त्वपूर्ण छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको पोर्टलमा नगद कारोबारको बिल दर्ता गर्दा बिल नम्बर, विक्रेताको PAN नम्बर, बिल मिति र कुल रकम राख्नुपर्छ। त्यसैले व्यापारीले आधिकारिक बिल नै नदिएमा त्यस्तो कारोबारलाई उपहार कार्यक्रमका लागि दर्ता गर्न समस्या हुन्छ।

स्थायी लेखा नम्बर नै नलिएको व्यक्तिबाट गरिएको खरिदको बिलसमेत सरकारले यस कार्यक्रममा योग्य मानेको छैन। त्यसैले सामान किन्दा केवल पैसा तिरेको प्रमाणभन्दा पनि व्यवसायको PAN नम्बर भएको वास्तविक बिल लिनु महत्त्वपूर्ण हुन्छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
sandesh swarnkar
Guest
sandesh swarnkar
August 22, 2026 7:39 pm


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस