×
Lagani
Lagani Shiksha gif
नेपाल पुनर्बीमा कम्पनीले कमायो १ अर्बभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

नेपाल पुनर्बीमा कम्पनीले सार्बजनिक गरेको विवरण



नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमास (चैत) सम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ।

अन्य कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणहरु सार्वजनिक गरिसकेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीले भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको हो । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब १६ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Lagani Shiksha gif
sharehubapk नेपाल पुनर्बीमा कम्पनीले कमायो १ अर्बभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

कम्पनीले निर्जीवन बीमा व्यवसाय १ अर्ब १ करोड ५१ लाख र जीवन बीमा व्यवसाय १५ करोड ४३ लाख रुपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको हो। यस अवधिसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. १ अर्ब ७२ करोड १७ लाख र जीवन बीमा व्यवसायबाट रू. २५ करोड ५८ लाख २५ हजार आम्दानी गरेको थियो ।

यस कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जगेडा कोष रकम निर्जीवन बीमा व्यवसायतर्फ रू. २ अर्ब ७१ करोड २९ लाखभन्दा बढी र जीवन बीमा व्यवसायतर्फ रू. ६३ करोड ८५ लाखभन्दा बढी छ । बीमा कोष निर्जीवन तर्फ रू. २ अर्ब ४६ करोड ५४ लाख ४० हजार रहेको छ ।

कम्पनीले यस अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ पुनर्बीमा कमिशन बापत खर्च गरेको छ । यस्तै कम्पनीले निर्जीवन बीमातर्फ ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ र जीवन बीमातर्फ ४५ करोड २१ लाख रुपैयाँ गरी ४ अर्ब ५७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने एक अर्ब ९१ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ११ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात १३६.२९ गुणा छ ।

नेपाल पुनर्बीमा कम्पनीले सार्बजनिक गरेको विवरण

नेपाल पुनर्बीमा कम्पनीले सार्बजनिक गरेको विवरण

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस