×
Lagani
Lagani Shiksha gif
नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन



नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य समायोजन भएको हो। नागरिक लगानी कोषले साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज गरेपछि, र हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेपछि, नेप्सेले यी कम्पनीहरूको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले हिमालयन उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयरमूल्य १८४ रुपैयाँ ५० पैसा कायम भएको छ। बुधबार कम्पनीको शेयर २६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Lagani Shiksha gif

यस्तै,नागरिक लगानी कोषको १४ प्रतिशत बोनस शेयर समायोजन गरेपछि कम्पनीको शेयरमूल्य १ हजार ८७३ रुपैयाँ ६८ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात् बुधबार, कम्पनीको शेयर २ हजार १३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यी समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरूको शेयर कारोबार खुल्नेछ।

हिमालयन उर्जा विकास कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।

नागरिक लगानी कोषले असार ३१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभामा शेयरधनी तथा सञ्चालकहरूको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस