शेयर बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

सेयर कारोबार मापक नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा पुगेको छ ।

दिनभरको उतारचढावपछि  नेप्से हरियो बनेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २१ करोडमाथिको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर घटेको छ भने बाँकी १० उपसमूहको सेयर बढेको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको सेयर बढेको छ ।

सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड १५ लाख ५६ हजार ८३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइसीएफसी फाइनान्स र अपि पावर परेका छन् ।

मंगलबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । यसको साथै कर्णाली डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाईड्रोपावर, जोशी हाईड्रोपावर, साना किसान विकास बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् ।

आज गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस्तै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, एनआसी एशिया लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ।

 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।