×
आजकाे दिन शुभकार्यका लागि फलदायी, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल



आजको पात्रो : आज २ मंसिर, बिहीबार । तद्अनुसार २८ नोभेम्बर । कात्तिक शुक्लपक्ष चतुर्दशी पूर्णिमा व्रत ।

चन्द्रमा मेष राशिमा, वरीयान योग छ । बिहीबारको अध्ययनअध्यापनको काम सुरु गर्दा शुभ मानिन्छ । आज ११ः१८ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त रहेको छ । कुनै पनि शुभ कार्यका लागि यो समय फलदायी मानिन्छ । आजका देवता कुवेर हुन भने ग्रहदेव बृहस्पति हुन् ।

आजको दिन कुनै पनि रचनात्मक र कलात्मक काम गर्न सकिन्छ । आजको दिन उपवास र व्रत पनि गर्न सकिन्छ । विशेष गरी अध्ययन अध्यापनमा संलग्न व्यक्तिका लागि आजको दिनको उपवास फलदायी हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन सामाजिक र अध्यात्म कार्यबाट तपाईँलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईँको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । चन्द्रमाको साथ रहेकोले तपाईँले सोचेअनुसारको काम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट आकस्मिक धनलाभ हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । यात्राको लागि अवसर आउनसक्छ । छोटो दूरीको यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : तपाईँको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । मिथुन राशिका जातका लागि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईँले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्नुपर्ने हुन्छ । तपाईँको सोच र परिवारका कुरा नमिल्दा नकारात्मक असर पर्ने हुन्छ । अध्ययनअध्यापनमा मन लगाउनु होला । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मनमा उत्साह छाउने छ । अनावश्यक आरोप लाग्नसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले बिहीबार बिहान सबैभन्दा पहिले सूर्योदयको दर्शन गनुभयो भने दिन शुभ हुनेछ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनकाे थालनी शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : नयाँ र लामो यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुनेछ । स्त्रिकाे साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । शिवालय वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मानसिक असन्तोष र तपाईँले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईँलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्नेछ । तपाईँले कुनै नयाँ कामको शुरुवातसमेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सर्तक र धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवारका सदस्य र स्त्रिको साथ सहयोगले तपाईँको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई दर्शन गर्नुभयो भने आजको दिनको कार्य सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा गरेको खर्चका कारण मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । यात्राको अवसर आउने छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहीबारका दिन मीन राशिमा जातकले देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सरस्वती स्त्रोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस