RURU 740 -9.8 GMFIL 623 1 SPIL 853 -18 NIBLGF 9.1 0.38 GBBLPO 205 0 FMDBL 758 -0.1 NGPL 472 -2.9 TAMOR 482.9 -2.1 SCB 691.1 3.6 SRBLD83 1065 -10 RNLI 495.5 1.5 RADHI 397.9 7.9 VLUCL 588 -1.9 CLI 634 -4.9 TSHL 909 -11 SHIVM 599 -8 EBLD85 1105 5 USHEC 523 -7 SJCL 326 -3.7 UPPER 214.2 -1.8 NICFC 8.97 -0.33 NICA 452 -13 NIMB 241.9 -9.1 NLO 242.1 0 BFC 625 9.1 NBF2 9.15 -0.05 MANDU 885 -14 HPPL 316.3 -3.6 SLCF 9.21 -0.1 NHDL 570 0 MMKJL 543.6 9.6 SFEF 9.29 0.22 SIGS3 9.45 0.09 MKJC 467.9 -1 HIDCL 270.7 -4.1 MDB 630 -3.8 SARBTM 765 -5 NICL 990.2 -4.8 PSF 9.51 -0.09 SMJC 574 -6
×
आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज सोमबार असार २५ गते अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । इन्सुरेन्सले असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गरेको हो । सीडीएसका अनुसार आइपीओमा असार २४ गते साँझ ५ः०५ बजेसम्ममा ९ लाख ४० हजार ८१२ जनाले १ करोड १७ लाख ६९ हजार ५० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १.२२ गुणा बढी आवेदन हो ।

यस कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०५ ले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । यसमध्य १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ ।

त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस