USLB 1467 -2.9 NHDL 570 0 RMF2 9.21 -0.13 CZBIL 242 -10 DHPL 242 1 SANIMA 326 -10.2 NIFRA 280 -5 SGIC 641.2 -4.8 SEF 9.51 -0.24 CKHL 632 -8 KBL 234 -6.9 STC 5908 9 HIDCL 270.7 -4.1 UHEWA 476 -11 PBD88 1102.1 2.1 MAKAR 500 6 HIDCLP 183 -2 NICD83/84 1062 -19 DLBS 1374 30 HHL 439 -3.2 RSDC 735 0 HEIP 381.8 20.8 NMLBBL 769 -11 HATHY 1322 13 SBCF 9 -0.2 NGPL 472 -2.9 MDB 630 -3.8 UNHPL 266 0 PRSF 9.54 -0.11 BGWT 934.9 -21.1 PBLD87 1028 -2 KRBL 613 0 MHCL 410 -7 LVF2 9 0 SHINE 473 -1.8 NBF2 9.15 -0.05 MANDU 885 -14 BNHC 466.9 0.7 JOSHI 305 -6.8 PFL 652 -1
×
२०० प्रतिशत हकप्रद शेयर निष्कासनका गर्दै घलेम्दी हाइड्रोपावर , नियमन आयोगले दियो स्वीकृति।



घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने छ।

उक्त सेयर निष्कासनकालागि कम्पनीले विद्युत नियमन आयोगले असार १३ गते स्वीकृति प्रदान गरेको छ । साथै उक्त कम्पनीको वैशाख १६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

विद्युत नियमन आयोगको स्वीकृति पाएसँगै कम्पनीले अब  हकप्रद निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने छ। धितोपत्र बोर्डले अनुमति दिएमा उक्त हकप्रद शेयर विक्रीमा आउनेछ । हकप्रद सेयर निष्कासन गर्नको लागि कम्पनीले  विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको हालको चुक्ता पूँजी रू. ५५ करोड रहेको छ।  रू. १  अर्ब १० करोडको हकप्रद निष्कासन पछि कम्पनीको पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीको जगेडा कोष रकम रू. ११ करोड ११ लाखभन्दा बढी ऋणात्मक छ भने कम्पनी रू. १ करोड ५५ लाखभन्दा बढी खुद नोक्सानीमा छ ।

हकप्रद शेयर विक्रीबाट संकलित पूँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवर्द्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशतभन्दा बढी शेयरमा लगानी गर्ने योजना कम्पनीको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस