×
नयाँ स्टक एक्सचेन्जको लागि हिमालयनले दियो बोर्डमा आवेदन।



नेपाल धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्जको लागि पहिलो आवेदन शुक्रवार परेको छ ।

आइतवारसम्म म्याद तोकेर खुलेको आवेदनमा शुक्रवार हिमालयन स्टक एक्सचेन्जले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको लागि आवेदन दिएको हो । चैत ३० गते सूचना जारी गर्दै बोर्डले १० दिनभित्र नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन माग गरेको थियो ।

IELTS PTE copy नयाँ स्टक एक्सचेन्जको लागि हिमालयनले दियो बोर्डमा आवेदन।

गत असोज २ गते नै एउटा स्टक एक्सचेन्ज र दुई ओटा कमोडिटी एक्सचेन्जको लागि सूचना जारी गरी आवेदन माग गरेकोमा अदालतको आदेशले उक्त प्रक्रिया रोकिएको थियो । तर सर्वोच्च अदालतले लाइसेन्ससम्बन्धी रिट खारेज गरेपछि बोर्डले पुनः समय थपेर आवेदन माग गरी लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाएको छ ।

हालसम्म कमोडिटी एक्सचेन्जको लागि भने बोर्डमा कुनै पनि कम्पनीको आवेदन परेको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस