JFL 655 6 IHL 499 -1 SPDL 310 5 NMB 263.9 -7.1 SBI 482.9 -6 PPL 461 -2.5 SIGS3 9.45 0.09 SHLB 1886.9 1.9 RMF1 9.15 -0.1 CFCL 647 27.1 SHINE 473 -1.8 OHL 925 -9 SCB 691.1 3.6 SAPDBL 569.6 -7.4 SADBL 419 -1 SNLI 585.1 -0.9 SKBBL 934 -3 KEF 9 0.28 HDL 1423.1 49.1 RHPL 364 -5.2 SALICO 747 -9.1 UNLB 2527 -3.9 HLI 472 -4 NICAD8283 1169.8 86.8 JBBL 351 -3.1 NYADI 305.4 -6.6 SHL 512 -4.5 USHEC 523 -7 MND84/85 1030 2 EBLD86 1040 -2 SSHL 215 0.8 SBL 345 -8.1 UPCL 262.2 -2.7 ADBL 367 -11.1 GLBSL 1600.4 -29.6 SPIL 853 -18 LBBLD89 1208.5 23.5 LICN 1995.9 -27.1 NBF2 9.15 -0.05 HATHY 1322 13
×
आजदेखि खुल्यो माई खोला हाइड्रोपावरको आइपीओ , कति दिने आवेदन ?



माई खोला हाइड्रोपावरले आजदेखि आईपिओ बिक्री खुला गरेको छ ।

हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ बिक्रीमा ल्याएको हो । यस आईपिओमा वैशाख १२ गतेसम्म आवेदन पाउने अर्थात उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला भएको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।  कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ । यस आईपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ ।

सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस