×
Lagani
Lagani Shiksha gif
दोल्ती पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुदै।



दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुदै छ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म  सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ भोलि दिउँसो ३ बजे काजीको किचेन बत्तिसपुतली, काठमाडौंमा बाँडफाँट  हुने एनआईसी एशिया क्यापिटल लिमिटेडले  जनाएको छ। उक्त आईपीओमा १३ लाख ३९ हजारभन्दा बढीले १ करोड ४७ लाखभन्दा बढी कित्ता शेयरका लागि आवेदन दिएका थिए जसमध्य १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले यो शेयर प्राप्त गर्नेछन् । भने बाकी रहेको १ कित्ता यी मध्य १ जनाले पाउने छन्।

Lagani Shiksha gif
sharehubapk दोल्ती पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुदै।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीले गराएको रेटिङ्गमा कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले दैलेख जिल्लामा ४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ ।  ४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला जलविद्युत आयोजनाको कुल निर्माण लागत रू. १ अर्ब ८ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. २४ करोड ५ लाखभन्दा माथि रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस