NLO 242.1 0 SEF 9.51 -0.24 GLH 244 -2 SINDU 667 -6 SAEF 11.22 0.17 BEDC 470 0 LICN 1995.9 -27.1 PMLI 562 1 SWMF 812 -13 NGPL 472 -2.9 VLBS 902.5 -7.5 PROFL 655 7 SPHL 666.9 16.9 NIMBPO 176.9 -1.1 NIFRA 280 -5 NRN 905 -8 BGWT 934.9 -21.1 KPCL 493 -0.8 JOSHI 305 -6.8 NADEP 1030 -55 SNLI 585.1 -0.9 GBBLPO 205 0 DORDI 429 -3.3 GBBL 447 -6 BOKD86 1040 18 UNL 48870 -930 RBCLPO 12300 88 NIBLGF 9.1 0.38 KRBL 613 0 SICL 832 0 KBLD89 1156 1 MLBL 398 -6.9 SBI 482.9 -6 JBBL 351 -3.1 BHL 440 -13 SCBD 1111 6 NHDL 570 0 LBLD86 1081 -0.2 KSBBLD87 1093.4 18.4 RADHI 397.9 7.9
×
आईपिओ निष्कासन गर्दै आरकेडी होल्डिङ्स।



आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत शेयर दिने गरी आइपिओ जारी हुनेछ । यसबाहेक संस्थापक शेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको छ ।

कम्पनीको अधिकृत पूँजी दुई अर्ब रहेको छ भने जारी पूँजी एक अर्ब ५० करोड रहेको छ । कम्पनीमा संस्थापक शेयर पूँजी ७८ प्रतिशत रहेको छ । आरकेडी  होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । पञ्चासे केबुलकार एन्ड टुरिज्म लिमिटेडमार्फत कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीयस्थल पञ्चासेमा र बुढीमाँ छिम्केश्वरी केबुलकार लिमिटेडमार्फत तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस