×
मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



मेन्छियाम हाइड्रोपावरले वैशाख ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

यसघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणको लागि वैशाख ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।  कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्कासनमा ल्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ।  त्यस्तै १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्री गरि सकेको छ भने  २२ हजार ४३९ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरिएको छ।

अब बाकि रहेको  ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त आईपीओ छिटोमा वैशाख ७ गते बन्द हुनेछ भने उढिलोमा वैशाख १९ गते बन्द हुने छ।

यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले संखुवासभाको सिद्धकालीमा ७.७ मेगाबाटको अपर पिलुवा १ र ४.७२ मेगावाटको अपर पिलुवा खोला २ स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस