RBCLPO 12300 88 NSIF2 10.52 0.02 RAWA 889 29 GBLBS 738 -10 LEC 276.8 -6 MND84/85 1030 2 NIBLGF 9.1 0.38 GHL 218.5 -1.1 GLH 244 -2 STC 5908 9 HIDCLP 183 -2 MMKJL 543.6 9.6 NICA 452 -13 SHEL 242.9 -4.7 TAMOR 482.9 -2.1 PHCL 465.1 -9.9 VLUCL 588 -1.9 SWMF 812 -13 BARUN 379 -6.1 RIDI 235 0 KDBY 9.21 -0.23 PFL 652 -1 BHPL 655.1 -12.7 SNLI 585.1 -0.9 MHNL 265.5 -0.5 RADHI 397.9 7.9 CITY 805 -17 GMFIL 623 1 NTC 980.1 -2.4 DHPL 242 1 SALICO 747 -9.1 SHL 512 -4.5 SPL 813 -12.1 NICFC 8.97 -0.33 MKHC 339 -1 NRN 905 -8 OHL 925 -9 GBBL 447 -6 NHPC 220.1 0 SANIMA 326 -10.2
×
मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



मेन्छियाम हाइड्रोपावरले वैशाख ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

यसघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणको लागि वैशाख ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।  कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्कासनमा ल्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ।  त्यस्तै १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्री गरि सकेको छ भने  २२ हजार ४३९ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरिएको छ।

अब बाकि रहेको  ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त आईपीओ छिटोमा वैशाख ७ गते बन्द हुनेछ भने उढिलोमा वैशाख १९ गते बन्द हुने छ।

यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले संखुवासभाको सिद्धकालीमा ७.७ मेगाबाटको अपर पिलुवा १ र ४.७२ मेगावाटको अपर पिलुवा खोला २ स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस