×
Lagani
Lagani Shiksha gif
खुल्यो भूगोल इनर्जिको आईपीओ , कति दिने आवेदन ?



भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

Lagani Shiksha gif
sharehubapk खुल्यो भूगोल इनर्जिको आईपीओ , कति दिने आवेदन ?

अब कम्पनीले  १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको आईपीओमा चैत २७ गतेसम्म  न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ। तर माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा आगामी वैशाख ७ गतेसम्म विक्री लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले प्रबर्धन गरिरहेको ३ दशमलव ७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ। सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.४१ वर्ष रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस