ENL 1102 -18 NIBLSTF 8.68 0 SAMAJ 3321.1 1.1 RHPL 364 -5.2 ULHC 390 -7.9 STC 5908 9 NMBMF 695 -10 MDB 630 -3.8 LBBL 475 -4.8 NMB50 10.3 0.05 RBCL 17071 -109 NESDO 2229 -18 MHL 725 3.5 NICBF 9.3 -0.08 NIMB 241.9 -9.1 LLBS 1050 5 CIZBD86 1060 -10 NTC 980.1 -2.4 BPCL 449 -7 HIDCLP 183 -2 CITY 805 -17 MND84/85 1030 2 MBL 255 -4 DOLTI 538 10 NABBC 631 -12 MSLB 1564 -70 FMDBL 758 -0.1 KBLD86 1115 0 GLBSL 1600.4 -29.6 CHL 353 0.4 CHCL 568.9 -8.1 UNL 48870 -930 GBLBS 738 -10 NICA 452 -13 HDL 1423.1 49.1 NLIC 814 -13.4 MLBL 398 -6.9 NBL 292.2 1.2 PCBL 292 -2 NICD88 1032 -21
×
आजदेखि खुल्यो मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ८० हजार कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्याइएको छ  भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा चैत २२ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ । कम्पनीका अनुसार उक्त अवधिसम्म सबै सेयर बिक्री नभए २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ ।

यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस