


श्री डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी वैशाख ९ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै कम्पनीको जारी पूँजी वृद्धि गर्ने तथा रजिष्टर्ड कार्यालय रहने ठेगाना संशोधनसमेत गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि प्रस्ताव पारित गर्ने र यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सञ्चालक समितिको निर्वाचनसमेत सभाले गर्नेछ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted