RURU 740 -9.8 UNL 48870 -930 KRBL 613 0 MLBL 398 -6.9 GMFIL 623 1 KKHC 260 -2 NICA 452 -13 SMH 1064.8 5.9 KMCDB 1027.8 -11.1 BHDC 583 5.4 CKHL 632 -8 DOLTI 538 10 SIGS3 9.45 0.09 JBLB 1534 -3 NMBMF 695 -10 SEF 9.51 -0.24 GBILD86/87 1030 4 KBSH 2386 -9 PHCL 465.1 -9.9 PSF 9.51 -0.09 NIFRA 280 -5 CHDC 1684 -35.9 SMATA 875 -16 NRN 905 -8 CHL 353 0.4 PBLD87 1028 -2 NBF3 9.04 0.17 SBL 345 -8.1 ILI 483.5 -2.5 NLG 1317 2 SLBBL 958.9 -4.2 NRM 426.1 -4.9 MMKJL 543.6 9.6 SBCF 9 -0.2 JFL 655 6 AHL 651 2 GLBSL 1600.4 -29.6 CORBL 958.8 -10.2 NMB50 10.3 0.05 ULBSL 3199 37
×
आइपिओ निष्कासन गर्दै बन्दीपुर केबलकार



तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ ।  लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कूल रु तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब पन्ध्र करोड छ । चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख बराबरको साधारण सेयर  परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने दश प्रतिशत अर्थात रु २१ करोड ५० लाख बराबरको शेयर सर्वसाधारणलाई छुट्याइने छ ।

परियोजना निर्माण विसं २०७६ साउन ४ मा सुरु भएको थियो । कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ ।

कम्पनीले विसं २०८० वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मङ्सिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ । केवलकार एक किलोमिटर लम्बाइको हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस