×
Lagani
Lagani Shiksha gif
मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



आयोजना प्रभावित स्थानीयले मोदी इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ।

आज चैत १६ गते बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जनाएकाे छ ।  जसअनुसार पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिकाकाे ३ र ८ वडा तथा मोदी गाउँपालिकाकाे ५, २, ६ वडाका  बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। जसअनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ।

Lagani Shiksha gif
sharehubapk मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

आयोजना प्रभावित स्थानियले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

मोदी इनर्जीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो। मोदी इनर्जीको आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने चैत ९ गतेसम्म आइपीओ बिक्री खुला भएको थियो। कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०५ अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो।

यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस