SANIMA 326 -10.2 PFL 652 -1 NBLD87 1020 -8 SMATA 875 -16 CKHL 632 -8 PHCL 465.1 -9.9 NMBMF 695 -10 RBCL 17071 -109 LBBL 475 -4.8 NICSF 9.5 0.25 PSF 9.51 -0.09 IGI 600 -4 HBL 260 -13 SPDL 310 5 SALICO 747 -9.1 SAHAS 505 28 SPL 813 -12.1 DLBS 1374 30 SDBD87 1035 4 UPPER 214.2 -1.8 MKJC 467.9 -1 PBD88 1102.1 2.1 NMB 263.9 -7.1 NBF2 9.15 -0.05 SJLIC 477 -7.5 NRIC 803 -5 UNHPL 266 0 DORDI 429 -3.3 NTC 980.1 -2.4 PMHPL 260 -4 UHEWA 476 -11 SLBSL 1398.4 21.4 MERO 760 0.5 VLUCL 588 -1.9 GILB 1268.4 4.4 MCHL 488.3 -3.7 SRBLD83 1065 -10 JBLB 1534 -3 MEL 292 2 CFCL 647 27.1
×
भूगोल इनर्जिको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले चैत २३ गतेदेखि आईपीओ निष्कासन गर्ने छ। जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

अब कम्पनीले  १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । कम्पनीको आईपीओमा चैत २७ गतेसम्म  न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ। तर माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा आगामी वैशाख ७ गतेसम्म विक्री लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले प्रबर्धन गरिरहेको ३ दशमलव ७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ। सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.४१ वर्ष रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस