×
Lagani
Lagani Shiksha gif
मकर जितुमाया सुरी हाईड्रोपावरको आईपीओ बाँडफाँट, यसरि हेर्नुहोस नतिजा ?



मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडकको आईपीओ बाँडफाँट  भएको छ।

कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक राजगारीमा गएकालाई निष्कासन गरेको आईपीओ बिहीवार बाँडफाँट भएको हो। उक्त आईपीओ चैत ९ गते विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट गरिएको हो ।

Lagani Shiksha gif
sharehubapk मकर जितुमाया सुरी हाईड्रोपावरको आईपीओ बाँडफाँट, यसरि हेर्नुहोस नतिजा ?

दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकामा स्थायी बसोबास गर्ने स्थानीयको हकमा १० कित्तादेखि ९ हजार ९९० कित्तासम्म माग गर्ने ३ हजार ५१४ आवेदकलार्ई मागबमोजिम कुल ६ लाख ७८ हजार ६०० कित्ता शेयर पाएका छन् भने विदेशमा बसी रोजगार गरिरहेका नेपालीको हकमा १० देखि २ हजार १० कित्तासम्म आवेदन दिने १५ हजार ४१ आवेदकलाई १० कित्ता र २० देखि २ हजार १० कित्तासम्म आवेदन दिने १२ हजार ११७ जनामध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता शेयरपाएका छन्।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका र बिगु गाँउपालिकाका स्थायी बासिन्दाको लागि ७ लाख ६० हजार र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि १ लाख ५२ हजार कित्ता शेयर निष्कासन गरेको थियो।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको साइटमा जानुहोला।
२) साइटमा जान  यहा क्लिक गर्नुहोला।  
३) लिंक खोलेपछि नतिजा हेर्नको लागि कम्पनि छान्नुहोला
४) त्यसपछि आफ्नो डिम्याट नम्बर हानेर नतिजा हेर्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस