NICFC 8.97 -0.33 CLI 634 -4.9 DHPL 242 1 KDL 1059 16 NIBSF2 8.9 0.08 SNLI 585.1 -0.9 MKHL 493 -6 BEDC 470 0 NMBMF 695 -10 NUBL 730 2.8 NABBC 631 -12 SAGF 9.31 0.01 LICN 1995.9 -27.1 SHIVM 599 -8 NMLBBL 769 -11 NHPC 220.1 0 KBL 234 -6.9 HLI 472 -4 JOSHI 305 -6.8 KBSH 2386 -9 SBI 482.9 -6 NFS 1350 -43 SMJC 574 -6 BGWT 934.9 -21.1 NRIC 803 -5 USHEC 523 -7 MEHL 380.1 -19.9 SGIC 641.2 -4.8 UNL 48870 -930 MHNL 265.5 -0.5 MKHC 339 -1 EBLD85 1105 5 SJLIC 477 -7.5 NBBD2085 1100 0 EDBL 645 -1.9 MMKJL 543.6 9.6 UPPER 214.2 -1.8 CORBL 958.8 -10.2 NBF2 9.15 -0.05 HIDCLP 183 -2
×
इनसाइडर ट्रेडिंगको कसुरमा रिडी हाइड्रोपावरका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेविरूद्ध मुद्दा



रिडी हाइड्रोपावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेविरूद्ध  नेपाल धितोपत्र बोर्डले भित्री कारोबार(इनसाइडर ट्रेडिंग) को कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा कम्पनीको सेयर किनबेच गरेका थिए।  धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन्।

बोर्डले चैत ८ गते न्यौपानेविरूद्ध मुद्दा दायर गरेको हो। नियमावली अनुसारको पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस