×
Lagani
Lagani Shiksha gif
इनसाइडर ट्रेडिंगको कसुरमा रिडी हाइड्रोपावरका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेविरूद्ध मुद्दा



रिडी हाइड्रोपावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेविरूद्ध  नेपाल धितोपत्र बोर्डले भित्री कारोबार(इनसाइडर ट्रेडिंग) को कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा कम्पनीको सेयर किनबेच गरेका थिए।  धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन्।

Lagani Shiksha gif
sharehubapk इनसाइडर ट्रेडिंगको कसुरमा रिडी हाइड्रोपावरका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेविरूद्ध मुद्दा

बोर्डले चैत ८ गते न्यौपानेविरूद्ध मुद्दा दायर गरेको हो। नियमावली अनुसारको पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस