कालिञ्चोक दर्शन लिमिटेड र एशियन हाइड्रोपावरको आईपीओ बुधवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा सुचिकृत भएका छन्।
नेप्सेमा सुचिकृत भएसंगे यी दुइ कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउदै छन्। कालिञ्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता र एशियन हाइड्रोपावरको ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । आजदेखि यी दुवै कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार हुने छ।
कालिञ्चोक दर्शनलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ७८ दशमलव १५ देखि २३४ दशमलव ४५ ओपनिङ्ग रेञ्ज तोकेको छ । यही रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल केडिएल (KDL) रहेको छ ।
त्यस्तै एशियन हाइड्रोपावरलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६० देखि २९८ दशमलव ८० ओपनिङ्ग रेञ्ज तोकेको छ । यही ओपन रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एएचएल (AHL) रहेको छ ।