SMPDA 910 -1 SHIVM 599 -8 MSLB 1564 -70 GIBF1 9.69 0.1 CBBL 980 1 SAHAS 505 28 TRH 1118 -5 SFEF 9.29 0.22 HATHY 1322 13 MKHC 339 -1 SLBSL 1398.4 21.4 CMF1 10.5 -0.2 NABBC 631 -12 NMLBBL 769 -11 RURU 740 -9.8 MND84/85 1030 2 KMCDB 1027.8 -11.1 PBD85 1079.9 19.9 SPDL 310 5 MKJC 467.9 -1 MHL 725 3.5 MLBL 398 -6.9 UNLB 2527 -3.9 SANIMA 326 -10.2 EBLD85 1105 5 EHPL 840 7.9 NICLBSL 705.5 -7.5 NMB 263.9 -7.1 SAMAJ 3321.1 1.1 PBD88 1102.1 2.1 UAIL 639 -1 SBCF 9 -0.2 NBLD85 1025 0 AKJCL 209 -3 HRL 861 -4 CZBIL 242 -10 MLBSL 2000 -26 MANDU 885 -14 SBD87 1048 11.9 KBLD86 1115 0
×
आईएमई लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न , आईपियो निष्कासन गर्ने प्रस्ताब पारित।



आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  छैटौं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको छ ।

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।

सभामा बोल्दै डा. अर्यालले आ. व. २०७९।८० को पुष मसान्त सम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई रु. ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए । उक्त अवसरमा डा. अर्यालले कम्पनिका अगाडि भएका चुनौतिहरुका बारेमा पनि बताए । साथै उनले सर्वसाधारणका निमित्त शेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको भन्दै जीवन बीमा कम्पनिहरु माझ अव्वल कम्पनिका रुपमा स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त अवसरमा कम्पनिका प्रमुख कार्यकारी अधिकृत कवि फुयांलले कम्पनिको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए । सभाको अन्तमा सभाका अध्यक्षले कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरु, नियामक निकायहरु, समस्त बीमितहरु, बैंक तथा वित्तीय संस्थाहरु, पुनर्बीमा कम्पनी, कर्मचारीहरु, अभिकर्ताहरु तथा सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विर्सजन गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस