आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन २८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्दैछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्य सहित प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । वि.सं. २०६५ आश्विन १५ गते दर्ता भइ २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा ल्याएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted