×
Lagani
Lagani Shiksha gif
सत् प्रतिसत हकप्रद शेयर निष्कासन गर्दै अपर तामाकोशी।



अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्न फागुन १८ गते नेपाल धितोपत्र बोर्ड सँग अनुमति मागेको छ। कम्पनीले १ः१ अनुपातमा अर्थात् सत  प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगले गत फागुन १६ गते स्वीकृति प्रदान गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk सत् प्रतिसत हकप्रद शेयर निष्कासन गर्दै अपर तामाकोशी।

हकप्रद शेयर निष्कासन गर्न लागेको यो कम्पनी चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार रू. ८२ करोड ४८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीको हालको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ भने हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।

कम्पनीले हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत् आयोजनाहरु रोल्वालिङ खोला जलविद्युत् र तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने जनाएको छ। स्वदेशी लगानीमा निर्माण भएको अपर तामाकोशीको क्षमता ४५६ मेगावाट रहेको छ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस