LBBL 475 -4.8 MMKJL 543.6 9.6 SFEF 9.29 0.22 RNLI 495.5 1.5 NWCL 975 -13.9 ANLB 4453.1 47 IGI 600 -4 CGH 909 -5 NFS 1350 -43 MLBS 1532.3 -86.7 SMB 1809 4 NABIL 594 3 MEN 631.1 -3.9 SMHL 613.1 -4 NSIF2 10.52 0.02 CITY 805 -17 SADBL 419 -1 BNT 14350 -50 SRBLD83 1065 -10 ULBSL 3199 37 PMLI 562 1 SIKLES 707 -3 MATRI 1405 -8 HBLD83 1056.3 0.3 OHL 925 -9 RHPL 364 -5.2 BFC 625 9.1 SICL 832 0 SIFC 628 10 ACLBSL 1035 0 SLBSL 1398.4 21.4 MFLD85 1050 -20 AVYAN 909 -6 UNHPL 266 0 H8020 10.2 -0.05 ILBS 980 -21.5 NBF3 9.04 0.17 MERO 760 0.5 SHPC 525 -3.9 BPCL 449 -7
×
मोदी ईनर्जीको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



मोदी ईनर्जी लिमिटेडले आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ।

कम्पनीले आगामी फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गाविस हाल कुश्मा नगरपालिका -३, साविक बाजुङ्ग गाविस हाल मोदी गाउँपालिका ५, साविक देवपुर गाविस हाल मोदी नगरपालिका २, साविक तिलहर गाविस हाल मोदी गाउँपालिका ६ र साविक चुवा गाविस हाल कुश्मा नगरपालिका ८ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो।

यसका साथै सर्वसाधारणमा निष्काशन हुने शेयरको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने शेयरको ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता देखि  अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा चैत ९ गते हुनेछ भने माग बमोजिम आवेदन नपरेमाआयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ढिलोमा चैत २४ गते हुनेछ।

स्थानीय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस