सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान १० बजे कम्पनीको आइपीओ बाँडफाँट गरिएको छ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमा १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्य ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले छ ।
माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ । जसमा ४१ हजार ५०० जनाले मात्र सेयर हात पारेका छन् भने बाँकी १३ लाख ४५ हजार बढीको भने हात खाली रहेको छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाम जिल्लामा ७ दशमलव ८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।