HLBSL 1010 -10 BGWT 934.9 -21.1 ANLB 4453.1 47 JOSHI 305 -6.8 SPC 520 5 KSBBL 448 -3 KSY 9.22 -0.19 NMLBBL 769 -11 NHPC 220.1 0 RADHI 397.9 7.9 NHDL 570 0 LEC 276.8 -6 FMDBL 758 -0.1 MMKJL 543.6 9.6 NMFBS 1435 1 NSIF2 10.52 0.02 DDBL 916.2 3.1 SAPDBL 569.6 -7.4 WNLB 2650 -80 NIMB 241.9 -9.1 NICLBSL 705.5 -7.5 SFEF 9.29 0.22 AHPC 267 -0.6 USLB 1467 -2.9 HIDCL 270.7 -4.1 RMF1 9.15 -0.1 GFCL 1051.1 6 TRH 1118 -5 LBBLD89 1208.5 23.5 NESDO 2229 -18 SNLI 585.1 -0.9 CIT 2195 0 SAGF 9.31 0.01 GLBSL 1600.4 -29.6 AVYAN 909 -6 SICL 832 0 RFPL 532 11.1 HDHPC 208.8 -4.1 NIBSF2 8.9 0.08 SHEL 242.9 -4.7
×
आज कति बजे हुदै छ सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट ?



सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ आज बिहान बाँडफाँट हुने भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आइपीओ आज बिहान १० बजे  बाँडफाँट गर्ने तयारी गरिएको छ । मंगलबार प्रिअलटमेन्ट सकाएर शुक्रबार भित्र आईपीओ बाँडफाँटको तयारी गरेको हो ।

कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ । जुन सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी हुन आउँछ ।

माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ४१ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाम जिल्लामा ७ दशमलव ८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस