×
Lagani
Lagani Shiksha gif
सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक, १३ लाख बढीको हात खालि हुने।



सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ आउँदो शुक्रबार बाँडफाँट हुने भएको छ।

निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरिएको छ । मंगलबार प्रिअलटमेन्ट सकाएर शुक्रबार भित्र आईपीओ बाँडफाँटको तयारी गरेको हो । यद्दपी, समय भने अझै तय भइसकेको छैन  ।

कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ । जुन सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी हुन आउँछ ।

माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ४१ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाम जिल्लामा ७ दशमलव ८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस