MANDU 885 -14 NRM 426.1 -4.9 VLUCL 588 -1.9 ENL 1102 -18 SMHL 613.1 -4 HEIP 381.8 20.8 RHPL 364 -5.2 DDBL 916.2 3.1 PRVU 248 -10 CIT 2195 0 SARBTM 765 -5 TVCL 461 1 SHL 512 -4.5 ILI 483.5 -2.5 BPCL 449 -7 SAPDBL 569.6 -7.4 MMKJL 543.6 9.6 NGPL 472 -2.9 KBLD86 1115 0 DHPL 242 1 NHDL 570 0 NLICL 606 -4 RNLI 495.5 1.5 BHPL 655.1 -12.7 KBLD89 1156 1 CMF1 10.5 -0.2 RMF2 9.21 -0.13 SHIVM 599 -8 GRDBL 743 5 NRN 905 -8 SFMF 10.2 -0.2 SFCL 704.1 63.6 ADBL 367 -11.1 HDHPC 208.8 -4.1 TAMOR 482.9 -2.1 SMFBS 1505.2 6.2 SWBBL 1065 2.1 SKBBL 934 -3 ALICL 714.5 -1.2 PFL 652 -1
×
आजदेखि खुल्यो सुपरमाई हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि विक्रीमा आएको छ ।

कम्पनीले कुल ५ लाख कित्ता आइपीओ जारी गरेको हो ।जस मध्य १०% अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छभने ५% अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् १० हजार कित्ता कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी रहेको ४ लाख १५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। यो आईपीओ छिटोमा माघ २६ गतेसम्म आवेदन दिने अवधि तोकिएकोमा उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा फागुन ८ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत आवेदन दिन सक्ने छन्।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाम जिल्लामा ७ दशमलव ८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस