RMF2 9.21 -0.13 CGH 909 -5 PFL 652 -1 GILB 1268.4 4.4 SFCL 704.1 63.6 NRN 905 -8 CLI 634 -4.9 CBBL 980 1 CIZBD86 1060 -10 SKBBL 934 -3 MHNL 265.5 -0.5 SPDL 310 5 GVL 538.5 -22 NLICL 606 -4 ADBL 367 -11.1 LBLD86 1081 -0.2 MEN 631.1 -3.9 NICL 990.2 -4.8 JOSHI 305 -6.8 ALICL 714.5 -1.2 NIBD84 1030 -20 SWBBL 1065 2.1 SDBD87 1035 4 SPHL 666.9 16.9 GFCL 1051.1 6 CHCL 568.9 -8.1 KBLD89 1156 1 AKPL 248.5 -2.5 BOKD86 1040 18 LUK 9.21 -0.09 DORDI 429 -3.3 SHEL 242.9 -4.7 NIBLSTF 8.68 0 USHL 783.2 -13.7 C30MF 9.74 0 CMF1 10.5 -0.2 SGIC 641.2 -4.8 SIKLES 707 -3 SBLD84 1040 19.3 HIDCL 270.7 -4.1
×
लामो समयपछि निष्कासन हुदै ‘मालामाल बनाउने’ लघुवित्त कम्पनीको आईपियो , जान्नुहोस कहिले ?



लामो समय पछि लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।

खप्तड लघुवित्तले आईपीओ जारी गरेपछि कुनै पनि लघुवित्तको आईपीओ निष्कासन नभएको मा अबभने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ भने माघ १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा विक्री गर्ने छ ।

कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको १० प्रतिसत अर्थात् २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्नेछ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

त्यस्तै बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्।  वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले माघ १६ गतेदेखि  फागुन १ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै सर्वसाधारणले फागुन ११ गतेदेखि छिटोमा फागुन १५ गतेसम्म र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्कने छन्।

आईपीओ खरिद गर्नको लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्ने छन् तर हालको अवस्था हेर्दा १० कित्ता आवेदन दिदानै ठिक हुने देखिन्छ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले  मेरो शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सक्ने छन्।  हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस